- संगालोखबर सम्वाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउँने भएको छ ।

Advertisement

माओवादी केन्द्रको मंगलबार बिहान बसेको बैठकले सरकारमा जाने मन्त्रीको नाम देउवासँगको छलफलबाट टुंग्याउँने निर्णय गरेको हो ।

बैठकले देउवासँग छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउँने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘पहिले सरकारमा को–को सहभागि हुँने टुंगो लागेपछि अध्यक्ष प्रचण्डले देउवासँग छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउँने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!