- संगालोखबर सम्वाददाता

फाइल तस्वीर

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा सहभागि २४९ जना सांसद मध्ये देउवाले १६५ मत पाएका छन् । यता, उनको विपक्षमा ८३ मत खसेको छ ।

काँग्रेस सभापतिसमेत रहेका देउवाको पक्षमा नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले मत दिएका हुन् । नेकपा एमालेका पनि २२ जना सांसदले देउवाको पक्षमा मतदान गरेका छन् । पक्षमा मतदान गर्नेमा माधव कुमार नेपाल पक्षका सांसद मात्र नभई ओली पक्षका सांसद पनि छन् ।

देउवालाई एमालेका माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले मत दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!