- संगालोखबर सम्बाददाता

पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत नपाएपछि गण्डकी प्रदेश सरकार ढलेको छ । प्रदेश सभामा आज मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव गरेको भएपनि गुरुङको पक्षमा भन्दा विपक्षमा बढी मत खसेपछि प्रदेश सरकार ढलेको हो ।

Advertisement

मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । विश्वासको मतका विषयमा भएको मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए । तर, ५७ जना मात्र मतदानमा सहभागि भएका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले विश्वासको मतको विपक्षमा भोट हालेका छन् । प्रदेश सभामा जनमोर्चाका तीन सांसद छन् । तर, एक सांसद भने तटस्थ बसेका छन् । स्वतन्त्र सांसद एवं खेलकूद मन्त्री राजिव गुरूङ प्रदेश सभामा उपस्थित भएनन् ।

विश्वासको मत नपाएपछि नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको प्रदेश सरकार ढलेको हो । अब, शुक्रबार बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!