संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा क्रियासिल पाँच दलले संसद पुर्नस्थापनाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालको धनकुटा नगर कमिटिले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर संसद पुर्नस्थापनाको माग गरेका हुन् ।

Advertisement

कांग्रेस धनकुटा नगर सभापति रोशन श्रेष्ठ, माओवादी केन्द्रका नगर सभापति खगेन्द्रकुमार बिष्ट, नेकपा एमाले (माधव पक्ष) का नगर अध्यक्ष सुजन भाई जोशी, जनता समाजवादीका नगर अध्यक्ष दिलकुमार राई र राष्ट्रिय जनमोर्चाका नगर सदस्य सिता शंकरले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो माग गरेका हुन् । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा असंवैधानिक, अनाधिकृत र स्वच्छाचारी ढंगले संसद् विघटन गरेर संविधानमाथि नै बलात्कार गरिएको आरोप पनि लगाएका छन् ।

‘प्रतिनिधि सभाका बहुमत सदस्यको हस्ताक्षरसहित विधिसम्मत प्रधानमन्त्रीका लागि पेश गरेको दावीमाधि संविधान सम्मत निर्णय गरी कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गनुपर्नेमा संविधानको दायित्व राष्ट्रपतिबाट पूरा नगरी उल्टै प्रधानमन्त्रीसँगको मिलेमतोमा असंवैधानिक र स्वच्छाचारी ढंगबाट मध्यरातमा संसद् विघटन गर्दै संविधानमाधि पुनः बलात्कार गर्ने काम भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको संज्ञा दिएका छन् । यसअघि पाँचै दलको धनकुटा जिल्ला कमिटिले पनि प्रेस बिज्ञप्ति जारी गरेर संसद विघटनको विरोध जनाउँदै संसद पुर्नस्थापनाको माग गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!