संगालोखबर सम्वाददाता

मकवानपुर । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदका लागि हेटौंडामा बिहिबार बिहानबाट मतदान थालिएको छ । हेटौंडा–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयको प्रारङ्गणमा बिहान ९ः१५ बजेबाट मतदान सुरु भएको हो ।

Advertisement

उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा, स्वतन्त्र उम्मेदवारका रूपमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ चुनावी प्रतिष्पर्धामा छन् । उपनिर्वाचनमा प्रदेशसभाका १०९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ सहित ३४७ मतदाता छन् ।

प्रदेशसभामा एमालेका ५६, माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझा पार्टीका २, राप्रपाका २, नेमकिपाका २ र स्वतन्त्र एक गरी १०९ मतदाता छन् । स्थानीय तहमा एमालेका १३३, कांग्रेसका ६७, माओवादीका ३३, नेमकिपाका २, राप्रपाको २ र जसपाको १ मतदाता छन् । प्रदेशसभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।

दिउँसो ३ बजेसम्मका लागि मतदान समय तोकिएको छ । मतदान सकिएलगत्तै मतगणना थालेर बिहिबार नै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!