- संगालोखबर सम्वाददाता

पोखरा । कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Advertisement

विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेको भएपनि उनको दावी नपुगेको हो ।

गुरुङले जनता समाजवादी पार्टीका प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए । पदमुक्त भइसकेका व्यक्तिको समर्थनमा दावी पेश गरेपछि विपक्षी सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । गुरुङको मुख्यमन्त्री दाबीप्रति माधवकुमार नेपाल समूहका केही सांसदले पनि असन्तुष्टि जनाएका थिए ।

यता, प्रदेश प्रमुखको कार्यालयले भने पोखरेलको मात्र दाबी परेकाले मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!