संगालोखबर सम्वाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतारोमा कुनै अनुचित निर्णय नलिन माधव पक्षलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमा आज बिहान आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले छलफलका माध्यमबाट समस्याको समाधानका लागि आग्रह गरेका हुन् ।

Advertisement

‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ । यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ,’ ओलीले भनेका छन्, ‘तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको हो । तर, सो बैठकमा माधव पक्ष सहभागि नहुँने निष्कर्षमा पुगेको छ । यही बेला ओलीले माधव पक्षका सांसदहरुलाई अनुचित निर्णय नलिन आग्रह गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!