संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छन् । राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने एमालेको माधवकुमार नेपाल पक्षका १६ जना प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

एमाले सांसद भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई, जीवन घिमिरे, गणेश कुमार काङ्गबाङ्ग, तुलसी प्रसाद न्यौपाने, लछुमन तिवारी, उपेन्द्रप्रसाद घिमिरे, लिलाबल्भव अधिकारी, खिनु लाङवा (लिम्बु), पदमकुमारी गुरूङ्ग, सरिता थापा, सुनिताकुमारी चौधरी, होमकुमारी साँवा, यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी र सावित्रा जोशीले हस्ताक्षर फिर्ता लिएका छन् ।

तत्कालित नेकपाको प्रचण्ड–माधव समूहका ३७ जना सांसदहरुले गत पुस १२ गते प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा एमाले पक्षका २१ र नेकपा माओवादी केन्द्र पक्षका १६ सांसदले हस्ताक्षर गरेका थिए । तर, सर्वोच्च अदालतले नेकपा खारेज गरेर पुरानै पार्टी व्यूताएपछि नयाँ राजनीतिक परिस्थिती बनेको भन्दै एमाले सांसदहरुले अश्विास प्रस्ताव फिर्ता लिएका हुन् ।

६ जना सांसदले यसअघि नै हस्ताक्षर फिर्ता लिइसकेका थिए । ९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!