राष्ट्रियसभा सदस्यका लागि थालियो मतदान
मकवानपुर । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदका लागि हेटौंडामा बिहिबार बिहानबाट मतदान थालिएको छ । हेटौंडा–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयको प्रारङ्गणमा बिहान ९ः१५ बजेबाट मतदान सुरु भएको हो ।
उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा, स्वतन्त्र उम्मेदवारका रूपमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ चुनावी प्रतिष्...































