- संगालोखबर सम्वाददाता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आइतवार बिहान पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पोख्रेलले प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा पत्र बुझाएका हुन् । उनको राजीनामा पनि स्वीकृत भइसकेको छ ।

Advertisement

वैशाख ६ मा पोख्रेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । प्रदेश सभामा अहिले ८१ सदस्य छन् । मुख्यमन्त्री पोख्रेललाई विश्वासको मत जित्न ४१ सांसदको आवश्यक थियो । प्रदेश सभामा एमालेका ४१ सांसद नै छन् । दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरूलाई ‘फ्लोर क्रस’ हुनबाट रोक्न चुनौती देखिएपछि मुख्यमन्त्रीले राजीनामा दिएको बताइएको छ ।

यता, राजीनामापछि पोख्रेलले संसदीय मर्यादाविपरित जालझेल र तिगडम भएकाले आफुले पदबाट राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।

यसैबीच, नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले शंकर पोख्रेललाई नै मुख्यमन्त्रीको उम्मेद्वार बनाउँने निर्णय गरेको छ । पोख्रेलकै नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको स्रोतले जनाएको छ । संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसद विष्णु पन्थी र रमा घर्तिमगर पनि सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!