- संगालोखबर सम्वाददाता

काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउँन १० सदस्यीय वार्ता टोली बनाइएको छ । आज दिउँसो प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालीबीच भएको वार्तामा दुवै पक्षका ५/५ नेतालाई समेटेर वार्ता टोली बनाइएको हो ।

यो टोलीले नेकपा एमालेलाई २०७५ जेठ २ भन्दा अगाडि फर्किने सहमति कार्यान्वयनका लागि काम गर्ने बैठकपछि बरिष्ठ नेता नेपालले जानकारी दिए । ‘जेठ २ भन्दा पहिलेको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ,’ नेता नेपालले भने ।

वार्टा टोलीमा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाललाई तोकिएको छ । बरिष्ठ नेता नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई वार्ता टोलीमा राखिएको छ । उनीहरुले तीन दिन भित्र सहमति जुटाउँने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!