- संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एमाले धनकुटाले समानान्तर जिल्ला कमिटी निर्माण गर्ने माधव कुमार नेपाल–झलनाथ खनाल पक्षका दुई जना नेतालाई कारबाही गरेको छ । नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सोमबार बसेको एमाले जिल्ला कमिटी बैठकले नेता अर्जुन राई र खगेन्द्र सुवेदीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला केही दिन अघि नेकपा एमाले जिल्ला कमिटी धनकुटाको समानान्तर कमिटी गठन गरिएको थियो । अध्यक्ष अर्नुन राई र सचिव खगेन्द्र सुवेदी रहेको १०१ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको सो पक्षले जनाएको छ ।

अर्जुन राई (वाँया) र खगेन्द्र सुवेदी (दाँया)

पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउँन भूमिका खेल्नुको सट्टा पार्टी विभाजन गर्ने गरी समानान्तर कमिटी निर्माण गरेकाले राई र सुवेदीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय भएको एमालेका प्रचार बिभाग प्रमुख भेषराज कटेलले जानकारी दिए ।

बैठकले समानान्तर कमिटीमा रहने अन्य नेताहरुलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए उनीहरुलाई पनि कारवाही गर्ने तयारी गरिएको एमाले धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!