- संगालोखबर सम्वाददाता

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परेका छन् । पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै नेता भुसाल र पाण्डेलाई अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन् ।

Advertisement

अध्यक्ष ओलीले यसअघि बरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए । गत चैत ७ गते बसेको एमाले केन्द्रिय कमिटी बैठकले नेता नेपाल, रावल, भुसाल र पाण्डेले पार्टी हित विपरित कार्य गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनीहरुलाई स्पष्टीकरण सोधिएको थियो ।

तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै चारै जना नेताहरुलाई अध्यक्ष ओलीले निलम्बन गरेका हुन् । यता, निलम्बनमा परेका नेताहरुले आफुहरुले नभई अध्यक्ष ओलीले नै पाटी हित विपरित काम गरेको आरोप लगाउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!