- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बिषयमा नेपाली काँग्रेस आवश्यक गृहकार्यमा जुटेको छ । बुधबार विराटनगरस्थित प्रदेशसभा सचिवालयमा पत्रकारहरुसँग भेटवार्ता गर्दै संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अविश्वासको प्रस्तावको सम्बन्धमा आन्तरिक अभ्यास भईरहेको बताए ।

उनले सरकारप्रतिको गम्भीर असन्तुष्टिलाई आधार बनाएर पनि अविश्वासको प्रस्ताव ल्याउन सकिने स्पष्ट पारे । उनले भोट आएपनि नआएपनि निर्वाचनमा जानका निम्त्ति भएपनि अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आवश्यक देखिएको जानकारी दिए ।

फरक प्रसङ्गमा बोल्दै कार्कीले कोरोना महामारीसँग जुध्न प्रदेश सरकारको तयारीबारे विपक्षी दलहरु अनविज्ञ रहेको बताए । उहाँले म्युटेन्ट भेरियन्टसहिको कोरोना महामारीको सामना गर्न प्रदेश सरकारको पूर्व तयारी बारे आफुहरुलाई केही जानकारी नदिइएको आरोप लगाए ।

यस्तै प्रदेश सरकारको लगानी रहेको विराटनगर–१० स्थित कोभिड–१९ उपचार केन्द्रमा बिरामीहरुको उपचार र हेरचाहका लागि बिशेषज्ञ चिकित्सकीय जनशक्तिसमेत नरहेको प्रमुख सचेतक कार्कीले बताए । उनले कोभिड अस्पतालका स्वास्थ्यकर्मीहरु न्युनतम सेवा सुविधा नपाएर आन्दोलित हुनु प्रदेश सरकारका लागि लाजको बिषय भएको तर्क गरे ।

यस्तै कोरोना महामारीलाई प्रदेश सरकारले भ्रष्टाचार गर्ने अवसरको रुपमा लिएको प्रमुख सचेतक कार्कीले आरोप लगाए । प्रदेश सरकार पर्ख र हेरको नितिमा बसेर कमाउन खोजिरहेको उनको तर्क छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!