- संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा पार्टीको समानान्तर जिल्ला कमिटी निर्माण गरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव–झलनाथ पक्षले अर्जुन राईलाई अध्यक्ष र खगेन्द्र सुवेदीलाई सचिव तोकेर एमालेको बेग्लै जिल्ला कमिटी निर्माण गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक राखेर जिल्ला कमिटी पुर्नगठन गरी १०१ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको नेपाल–खनाल पक्षको दावी छ । बैठकमा एमालेका ४८ जना जिल्ला कमिटी सदस्य सहभागि भएको सो पक्षले दावी गरेको छ । बैठकले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय पदाधिकारी र केन्द्रिय कमिटी विघटन गर्दै विधान विपरित काम गरेको ठहर गरी त्यसको भत्सना गरेको नव घोषित समितिका अध्यक्ष राईले जानकारी दिए ।

उनका अनुसार एमालेको विधान, नीति, विचार वमोजिम पार्टीलाई अगाडि बढाउँन प्रयत्नरत नेताहरुलाई उत्टै कारबाही गरिएको भनि प्रचार गरिएकाले त्यसलाई अस्वीकार गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै सर्वोच्च अदालतले पार्टी व्यूताउँने निर्णय कानूनी र राजनीतिको कोणबाटसमेत अप्राकृतिक रहेको ठहर गर्दै आगामी दिनमा वृहत बाम एकता गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने निर्णय भएको राईले जानकारी दिए ।

राजेन्द्र राई अध्यक्ष रहेको एमाले जिल्ला कमिटी क्रियासिल रहेको अवस्थामा माधव–झलनाथ पक्षले बेग्लै जिल्ला कमिटी घोषणा गरेपछि अब धनकुटामा एमाले दुई भागमा बिभाजित भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!