- संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा एमाले मोरङले वडा कमिटी र पालिका कमिटीको अधिवेशन एकैदिन गर्ने भएको छ । एमाले मोरङले १५९ वटा वडा कमिटीको भदौ ५ गते र १७ वटै पालिकाको भदौ १५ गते अधिवेशन गर्ने निर्णय भएको हो ।

Advertisement

एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा आज बसेको जिल्ला कमिटीको बैठकले वडा कमिटी र पालिका कमिटीको अधिवेशन एकै दिन गर्ने निर्णय गरेको स्कुल विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिए । जनसंगठनहरुले भेला तथा अधिवेशनबाट नयाँ कमिटी निर्माण भदौ मसान्तसम्ममा गरिसक्नु पर्ने बैठकले निर्णय गरेको छ । जिल्ला कमिटी बैठकले २०७८ सालको सदस्यता नविकरण आगामी साउन १५ गते भित्रमा गरिसकेर जिल्लामा नामावली र शुल्क बुझाई सक्नुपर्ने निर्णय गरेको छ । बैठकले विभिन्न पार्टीबाट आएका, विगतमा नेकपा हुँदा पार्टी सदस्य कायम भएका र एमालेमा रहेका सवैको पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको छ ।

बाढी, पहिरोबाट हुन सक्ने जोखिमबाट बच्न आवस्यक सहयोग तथा स्वयंसेवकीय र संभावित जोखिमको रोकथाम र न्युनीकरणका लागि आवश्यक भूमिका निर्वाह गर्न जनवर्गिय संगठनहरु राष्ट्रिय युवा संघ, अनेरास्ववियु, टे«ड युनियन महासंघ र अनेमसंघलाई आवस्यक सहयोगका लागि जिम्मेवारी दिईएको छ । एमाले केन्द्रिय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालको प्रमुख आतिथ्यमा बसेको बैठकले आगामी भदौ भित्रमा सवै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउन संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

जिल्ला कमिटी बैठकमा नेता ढकालले एमालेमा समानान्तर गतिविधि गरिरहेको समूहलाई अन्य पार्टीसँग गठबन्धन टुटाउन आग्रह गरेका छन् । अन्य पार्टीसँगको गठबन्धन टुटाए एमाले एकताबद्ध हुने उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!