
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएको छ । निर्वाचन आयोगले यादव पक्षमा केन्द्रिय कार्यकारिणी समितिको बहुमत सदस्य भएको भन्दै सोही पक्षलाई पार्टीको आधिकारिकता दिएको हो ।
जनता समाजवादी पार्टीमा अध्यक्षद्वय यादव र महन्थ ठाकुर पार्टी विवाद चर्किएपछि पार्टीको आधिकारिताको विषय निर्वाचन आयोगमा पुगेको थियो । आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर क–कस्को पक्षमा रहेको भनेर सनाखत गराएको थियो ।
सनाखतपछि यादव पक्षमा बहुमत सदस्य देखिएपछि सोही पक्षलाई आयोगले पार्टीको आधिकारिकता दिएको हो ।