- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली काँग्रेसले सहमहामन्त्री सुनिलबहादुर थापा समूहका ५५ जनालाई महासमिति सदस्य बनाएको छ । थापासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी काँग्रेसमा प्रवेश गरेकाहरुलाई काँग्रेसले महासमिति सदस्य बनाएको हो ।

Advertisement

सहमहामन्त्री थापासहित १० जना केन्द्रीय कमिटीमा पनि छन् । काँग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । धनकुटाका आठ जना महासमिति सदस्य बनेका छन् । धनकुटाका सुनिलबहादुर थापा, लक्ष्मी सुब्बा, मानबहादुर मिश्र, अग्नी ओझा, भुपेन्द्र कटुवाल, मीनबहादुर कार्की, खगेन्द्र थापा र नेत्रचन्द्र पौडेल महासमिति सदस्य बनेका हुन् ।

थापा समूहले १५० जना महासमिति सदस्य मागेको थियो । तर, ५५ जनालाई बनाइएको हो । अझै केही जिल्लाको समायोजन बाँकी रहेकाले अझै सदस्य थप हुँन सक्ने काँग्रेसले जनाएको छ । काँग्रेसमा महासमिति सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने भए पनि निर्वाचित भएर आउनुपर्ने प्रावधान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!