धनकुटाको होमस्टेमा प्रेस युनियनको कोशी प्रदेश बैठक

धनकुटाको होमस्टेमा प्रेस युनियनको कोशी प्रदेश बैठक

धनकुटा । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको बैठक शनिवार धनकुटामा सम्पन्न भएको छ । धनकुटा नगरपालिका–४ दानाबारीस्थित नुनथला होमस्टेमा बैठक आयोजना गरिएको हो । बैठकले तीन वटै तहको सरकारलाई प्रेसमैत्री ऐन कानून निर्माण गर्न सुझाव दिने निर्णय गरेको छ । त्यस्तै आम सञ्चारकर्मीको पेशागत र भौतिक सुरक्षाका लागि तीनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गर्ने, स्थानीय सरकारलाई स्थानीय सञ्चारमाध्यमको दिगो वि...
कोशी प्रदेश नाम सबैको साझा हो, कसैको विपक्षमा छैन: मुख्यमन्त्री कार्की

कोशी प्रदेश नाम सबैको साझा हो, कसैको विपक्षमा छैन: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश नामकरण  कसैको विपक्षमा नभएको बताएका छन् । शुक्रबार नेपाल बार एशोसिएसन उच्च अदालत विराटनगर बार इकाईको १३ औं वार्षिक साधारण सभा तथा बार भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । कोशी नाम सबैको साझा भएकाले यसलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने उनले बताए । ‘नामकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो ...
झोराहाटमा सहकारीको ढोका फुटाएर पैसा चोर्ने चार जना पक्राउ

झोराहाटमा सहकारीको ढोका फुटाएर पैसा चोर्ने चार जना पक्राउ

विराटनगर । मोरङको ग्रामथान गाँउपालिका–२ झोराहाटस्थित सौजन्य बचत तथा ऋण सहकारी संस्थाबाट पैसा चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न भएको आरोपमा ग्रामथान–५ का ४० बर्षीय दिलिप कुमार चौधरी, २८ वर्षीय ईरज धामी, सर्लाहीको लालबन्दी–२ का ३५ वर्षीय मिथुन पासवान र सर्लाहीको ईश्वरपुर–५ का २६ वर्षीय मिथिलेश महतो पक्राउ परेका हुन् । गत चैत २ गते राती सहकारीको ढोकाको ताला फुटाएर भित्...
ज्येष्ठ नागरिकलाई खाद्यान्न, विद्यार्थीलाई छात्रवृत्ति

ज्येष्ठ नागरिकलाई खाद्यान्न, विद्यार्थीलाई छात्रवृत्ति

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित धनशोभा राई स्मृति सेवा केन्द्रले ज्येष्ठ नागरिकलाई खाद्यान्न र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । धनशोभा राईको नबौं स्मृति दिवसको अवसरमा कार्यक्रम गरेर २६ जना ज्येष्ठ नागरिकलाई खाद्यान्न र चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.–३, ४, ५, ६, ७ र ८ मा बसोबास गर्ने विपन्न, फरक क्षमता भएका, एकल, असहाय एवं दल...
विराटनगरमा वैशाख १५ गतेदेखि खुल्ला रुपमा माछामासु बिक्री गर्न नपाइने

विराटनगरमा वैशाख १५ गतेदेखि खुल्ला रुपमा माछामासु बिक्री गर्न नपाइने

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र बैशाख १५ गतेदेखि खुल्ला रुपमा माछामासु बिक्री वितरण गर्न नपाइने भएको छ । महानगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले माछामासु बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने भएको हो । पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रुपमा पशुपक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । विराटनगरका विभिन्न स्थानमा खुल...
आज रातीबाट उपनिर्वाचनको मौन अवधि

आज रातीबाट उपनिर्वाचनको मौन अवधि

काठमाडौँ । आज राती १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ। चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । भोलिबाट प्रचारप्रसार गर्न नपाइने भएपछि उम्मेदवारहरू आज चुनावी प्रचारको दौडधुपमा छन् । वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।
निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सांसद माझीको माग

निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सांसद माझीको माग

काठमाडौं । प्रतिनिधिसभा सांसद उर्मिला माझीले निजी क्षेत्रका विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न माग गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेकी हुन् । सांसद माझीले बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी ३ वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन् । उनले शिक्षा नागरिकको मौलिक अधिकारक...
धनकुटाका युवालाई तमोरले बगायो

धनकुटाका युवालाई तमोरले बगायो

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ का होमनाथ मगरलाई तमोर नदीले बगाएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ स्थित नदीमा नुहाउँने क्रममा मंगलबार दिउँसो करिब १ बजे २६ वर्षीय मगरलाई तमोरले बगाएको हो । उनी सोही स्थानको तमोर करिडोर सडक खण्डका काम गर्दै आएका थिए । दिउँसो साथीहरूसँग नदीमा नुहाउँन गएका उनलाई नदीले बगाएर बेपत्ता बनाएको हो । घटनाको जानकारी पाएपछि नावाखोला प्रहरी चौकीबाट गएको प्रहरी टोली...
केपिलासगढीका विपन्न बिरामीलाई सांसद शर्माले मिलाइदिए एक वर्षसम्म निःशुल्क उपचारको व्यवस्था

केपिलासगढीका विपन्न बिरामीलाई सांसद शर्माले मिलाइदिए एक वर्षसम्म निःशुल्क उपचारको व्यवस्था

खोटाङ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक वर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न बिरामीहरूलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीहरूको निःशुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद शर्माले अति विपन्न बिरामीलाई निःशुल्क र विपन्न बिर...
काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर

काठमाडौं । आज काठमाडौंको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं रहेको छ । काठमाडौंको वायु प्रदूषणको अवस्थामा अहिले १९४ एक्यूआईमा पुगेको छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ । जसको व...
सुर्तीजन्य पदार्थको सेवन र बिक्रीमा कडाइ, महानगरको टोलीद्वारा सुर्तीजन्य पदार्थ जफत

सुर्तीजन्य पदार्थको सेवन र बिक्रीमा कडाइ, महानगरको टोलीद्वारा सुर्तीजन्य पदार्थ जफत

विराटनगर । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णय कार्यान्वयन गर्दै विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेको छ । महानगरले सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको छ । महानगरको टोली पसल–पसलमा पुगेर सुर्तीजन्य पदार्थ बिक्री नगर्न आग्रह गर्दै स्टकमा राखेका सुर्तीजन्य प...
सुरु भयो नयाँ वर्ष २०८०

सुरु भयो नयाँ वर्ष २०८०

विराटनगर । आजबाट विक्रम सम्वत् २०८० साल सुरु भएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले नयाँ वर्षको पहिलो दिन हर्षोउल्लासपूर्वक मनाउँदैछन् । एकापसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै मिष्ठान्न भोजन गरी विशेष दिनका रुपमा नयाँ वर्ष मनाउँने चलन छ । नयाँ वर्षको अवसरमा अधिकांश व्यक्तिले सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट शुभकामना व्यक्त गरिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त...
राजारानीका तत्कालीन गाविस अध्यक्ष थापा सम्मानित

राजारानीका तत्कालीन गाविस अध्यक्ष थापा सम्मानित

धनकुटा । तत्कालीन राजारानी गाउँ विकास समितिका अध्यक्ष अगमबहादुर थापा सम्मानित भएका छन् । चौविसे–६ राजारानी घर भएका थापालाई दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिले आज धनकुटामा सम्मान गरेको हो । स्व.दुर्गा दाहालको ७१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, कोष व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार लामिछाने र संरक्षक मञ्जु दाहालले थापालाई दोसल्ला ओढाएर ...
भारतमा भूकम्प, नेपालसम्म धक्का महसुस

भारतमा भूकम्प, नेपालसम्म धक्का महसुस

विराटनगर । भारतको पाउन्सरालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस भएको छ । आज बिहान ५ः५० बजे ५.३ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भारतमा गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको हो । कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, धनकुटा लगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । यसअघि प्रकाशित समाचार पूर्वी नेपालमा भूकम्...
पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का

विराटनगर । कोशी प्रदेशका बिभिन्न जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । विहान ५ः५० बजे भूकम्पको धक्का महसुस भएको हो । मोरङ, सुनसरी, धनकुटा लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्र र म्याग्निच्युड पत्ता लाग्न बाँकी छ । UPDATE : भारतमा भूकम्प, नेपालसम्म धक्का महसुस
धनकुटामा पहिलो पटक कोप्चे महोत्सव

धनकुटामा पहिलो पटक कोप्चे महोत्सव

धनकुटा । आगामी बैशाख १ गतेदेखि धनकुटामा प्रथम कोप्चे फेस्टिभल हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथ्लो कोप्चे क्षेत्रको चहलपहल बढाउँन बैशाख १ देखि ३ गतेसम्म बिहिबारे हटियामा फेस्टिभल अर्थात महोत्सव गर्न लागिएको हो । सामाजिक विकासका लागि युवाहरूको प्रयास नामक स्थानीय संस्थाले फेस्टिभल गर्न लागेको हो । सो संस्थाले आज पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी भइरहेको जानकारी दिएको छ...
नेपालमै सबैभन्दा बढी कर तिरे बापत उद्योग वाणिज्य महासंघले नोबेललाई गर्यो सम्मान

नेपालमै सबैभन्दा बढी कर तिरे बापत उद्योग वाणिज्य महासंघले नोबेललाई गर्यो सम्मान

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग वाणिज्य दिवस र उद्योग वाणिज्य महासंघको ५७ औं बार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका अध्यक्ष शेखर गोल्छाल...
त्रिभुवन आर्मी क्लबले जित्यो राष्ट्रिय पुरुष हक्कीको उपाधि

त्रिभुवन आर्मी क्लबले जित्यो राष्ट्रिय पुरुष हक्कीको उपाधि

विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरस्थित शहीद रङ्गशालामा सोमबार राति भएको खेलमा आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । साविक विजेता आर्मीले प्रतियोगिताको उद्घाटन खेलमा पनि पुलिसलाई पराजित गरेको थियो । लिग चरणमा सहजै जित निकालेको आर्मीलाई फाइनल...
धनकुटा क्याम्पसमा विद्यार्थीलाई स्वागत र बिदाई

धनकुटा क्याम्पसमा विद्यार्थीलाई स्वागत र बिदाई

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत र पढाई पुरा गरेका विद्यार्थीलाई बिदाई गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनले नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदानसहित स्वागत र फेरी भेटौला कार्यक्रम गरेको हो । स्नातक/स्नात्तोकोत्तर तह प्रथम बर्ष/सेमेस्टरलाई स्वागत तथा स्नातक चौथो वर्षका विद्यार्थीहरूलाई बिदाई गरिएको हो । प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, क्याम्पस प...
सांसद शर्माको प्रस्तावः जलविद्युत उत्पादनमा लगानी गर्न भारत तयार छ, सहकार्य गरौँ

सांसद शर्माको प्रस्तावः जलविद्युत उत्पादनमा लगानी गर्न भारत तयार छ, सहकार्य गरौँ

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नेपालमा जलविद्युत उत्पादनका लागि लगानी गर्न भारत तयार रहेकाले सहकार्य गरेर विद्युत उत्पादन बढाउँन प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले जलविद्युत उत्पादन बढाएर नेपाललाई समृद्ध बनाउँन सकिने आधार भएकाले भारतीयहरुसँग सहकार्य गरेर भएपनि विद्युत उत्पादन बढाउँन सुझाव दिएका हुन् । केही दिन अघि भारत गएका सा...
हक्कीको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

हक्कीको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । विराटनगरको सहिद रङ्गशालामा आइतबार राति भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ४-० गोल अन्तरले पराजित गर्दै पुलिस क्लब फाइनल पुगेको हो । पुलिसका सरम बोहरा, महेश धामी, सागर आचार्य, भरत खत्रीले समान १-१ गोल गर्दै टोलीका लागि जित निकालेका थिए । खे...
स्ववियुमा बिजयी विद्यार्थीलाई अनेरास्ववियु मोरङले गर्यो सम्मान

स्ववियुमा बिजयी विद्यार्थीलाई अनेरास्ववियु मोरङले गर्यो सम्मान

विराटनगर । गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बिजयी भएका विद्यार्थीहरूलाई अनेरास्ववियु मोरङले सम्मान गरेको छ । मोरङका बिभिन्न क्याम्पसमा स्ववियुको पदाधिकारी तथा सदस्यमा निर्वाचित अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरूलाई सम्मान गर्दै प्रशिक्षण दिइएको हो । विराटनगरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अबिर, खादा लगाएर सम्मानपत्र प्रदान गरी विद्यार्थीहरूल...
कोशी प्रदेशका तीन स्थानमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण गर्ने तयारी

कोशी प्रदेशका तीन स्थानमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका तीन स्थानमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण गरिने भएको छ । प्रदेश सरकारले झापाको अर्जुनधारा नगरपालिका, मोरङको रंगेली नगरपालिका र तेह्रथुमको आठराई गाउँपालिकामा सेवा केन्द्र निर्माण गर्ने तयारी गरेको हो । वारुणयन्त्र, एम्बुलेन्स, प्रहरी लगायत अत्यावश्यक सेवाहरू एकीकृत रुपमा प्रदान गर्न प्रदेश सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण गर्ने प्रकृया ...
स्ववियुद्वारा धनकुटा क्याम्पसको छात्रावास सरसफाइ

स्ववियुद्वारा धनकुटा क्याम्पसको छात्रावास सरसफाइ

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसको भृकुटी छात्रावास सरसफाइ गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनले सरसफाइ कार्यक्रम आयोजना गरेर छात्रावास आसपास क्षेत्रको सफाइ गरेको हो । छात्रावास परिसरमा रहेका झाडी फाँडिएको छ । दुर्घटना निम्त्याउन सक्ने सुकेका तथा लडेका रूख कटान गरी व्यवस्थित गरिएको छ । सरसफाइमा विद्यार्थी, प्राध्यापक लगायत सहभागि थिए । क्याम्पसलाई व्यवस्थित गर्न आगामी दिनमा पनि सरसफाइसहित...
विराटनगरमा कार र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

विराटनगरमा कार र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित आयल निगम नजिक गएराती कार र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०२–०४०प ३२३२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको बा १–०२५ च ५४४६ नम्बरको कार राती करिब ९ः३० बजे ठोक्किएका हुन् । दुर्घटनामा परी मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–४ का ४५ वर्षीय शिवकुमार गुरुङको मृत्यु भएको हो । ठक्करबाट मोटरसाइ...
पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

विराटनगर । कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । सरकारले उनको परिवारलाई क्षतिपूर्ति दिने पनि निर्णय गरेको छ । कति रकम दिने भन्ने निर्णय भने भएको छैन । यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । त...
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङ । संस्कृति र परम्परा संरक्षण गर्न ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङको फुङ्लिङमा जारी औद्योगिक, कृषि तथा पर्यटन मेलामा टपरी गाँस्ने प्रतियोगिता गरिएको हो । प्रतियोगितामा दुई पुरुष र ४८ महिला सहभागि भएका छन् । उनीहरूले सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाएका हुन् । विवाह, व्रतबन्ध,...
विराटनगरका पत्रकार निरौला र सरदारलाई पुरस्कृत गरिने

विराटनगरका पत्रकार निरौला र सरदारलाई पुरस्कृत गरिने

विराटनगर । विराटनगरका पत्रकार विक्रम निरौला र उषा सरदार पुरस्कृत हुने भएका छन् । उद्घोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली सेवाका संवाददाता निरौलालाई सिर्जनशील पत्रकारिता पुरस्कार र मकालु टेलिभिजनकी सम्वाददाता सरदारलाई उदीयमान पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । निरौलालाई प्रदान गर्न लागिएको सिर्जनशील पत्रकारिता पुरस्कारको राशि ५१ हजार १ सय ५१ रुपैयाँ छ । त्यस्तै, सरदारलाई ३१ हजार ...
पाँचथरमा भीरबाट लड्दा एक जनाको मृत्यु

पाँचथरमा भीरबाट लड्दा एक जनाको मृत्यु

पाँचथर । पाँचथरको मिक्लाजुङ–६ मा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । कमेरे भीरबाट लड्दा स्थानीय तीनतलेका डिल्लीराम निरौलाको मृत्यु भएको हो । मिक्लाजुङ १ स्थित मावि टोलमा पसल गर्दै आएका निरौला दुई दिन अघि गाउँ डुल्न भनेर घरबाट हिँडेका थिए । तर, घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार उनको शव फेला परेको प्रहरीले जनाएको छ । भीरको बाटोबाट करिब २ सय मिटर तल निरौलाको शव भेटिएको हो ।
मोरङका तीन परीक्षा केन्द्रमा भेटिए दुई सय नक्कली परीक्षार्थी

मोरङका तीन परीक्षा केन्द्रमा भेटिए दुई सय नक्कली परीक्षार्थी

विराटनगर । मोरङमा अर्कैको नामबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने क्रममा तीन परीक्षा केन्द्रबाट २ सय १ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बिहीबार एकैदिन १ सय ९९ जना र बुधबार दुई जना नक्कली परीक्षार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । केरावारीको सार्वजनिक मावि, ग्रामथानको सरस्वती मावि र सुन्दरहरैंचाको जनता मावि परीक्षा केन्द्रबाट अर्कै व्यक्तिको परीक्षा लेख्दै गर्...
सांसद डा.सुनिल शर्माले गराइदिए विपन्न बिरामी विकको निःशुल्क उपचार

सांसद डा.सुनिल शर्माले गराइदिए विपन्न बिरामी विकको निःशुल्क उपचार

विराटनगर । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोलकी बाटुली विश्वकर्माको निःशुल्क उपचार गराइदिएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्कको नसामा समस्या देखिएकी विपन्न परिवारकी ५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गराइदिएका हुन् । रोगले सताए पनि उपचार गर्ने पैसा नहुँदा विक पीडा स...
error: Content is protected !!