विराटनगर । मोरङको ग्रामथान गाँउपालिका–२ झोराहाटस्थित सौजन्य बचत तथा ऋण सहकारी संस्थाबाट पैसा चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरीमा संलग्न भएको आरोपमा ग्रामथान–५ का ४० बर्षीय दिलिप कुमार चौधरी, २८ वर्षीय ईरज धामी, सर्लाहीको लालबन्दी–२ का ३५ वर्षीय मिथुन पासवान र सर्लाहीको ईश्वरपुर–५ का २६ वर्षीय मिथिलेश महतो पक्राउ परेका हुन् ।

गत चैत २ गते राती सहकारीको ढोकाको ताला फुटाएर भित्र प्रवेश गरी फलामको सेफ बाकसमा राखिएको ७ लाख ७७ हजार १८ रुपैयाँ पैसा चोरी भएको थियो । घटनाको अनुसन्धान र संलग्नको खोजी गर्ने क्रममा सर्लाहीको लालबन्दीबाट तीन जना र इश्वरपुरबाट एक जनालाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

‘सर्लाही र मोरङ दुवै तिरका मिलेर चोरी गर्ने गरेका रहेछन्,’ डीएसपी दाहालले संगालोखबरसँग भने, ‘यताबाट चोरी गरेर लगेको पैसा नसकिउन्जेल उतै रमाइलो गरेर बस्ने र पैसा सकिएपछि फेरी चोर्न आउँने गरेको देखिन्छ ।’

पक्राउ परेका मिथिलेश दुई लाख धरौटीमा छुटेका छन् । बाँकी तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!