संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको बैठक शनिवार धनकुटामा सम्पन्न भएको छ । धनकुटा नगरपालिका–४ दानाबारीस्थित नुनथला होमस्टेमा बैठक आयोजना गरिएको हो ।

Advertisement

बैठकले तीन वटै तहको सरकारलाई प्रेसमैत्री ऐन कानून निर्माण गर्न सुझाव दिने निर्णय गरेको छ । त्यस्तै आम सञ्चारकर्मीको पेशागत र भौतिक सुरक्षाका लागि तीनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गर्ने, स्थानीय सरकारलाई स्थानीय सञ्चारमाध्यमको दिगो विकासका लागि आवश्यक सहयोग गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, धनकुटाको पर्यटन प्रवर्द्धनका लागि सञ्चारमाध्यममार्फत प्रचारप्रचार गर्ने, प्रेस युनियन जिल्ला शाखाहरूको अधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि भएको युनियनका कोषाध्यक्ष कविराज घिमिरेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!