करेन्ट लागेर इलाममा एकजनाको मृत्यु

करेन्ट लागेर इलाममा एकजनाको मृत्यु

इलाम । पश्चिमी इलामको फाकफोकथुममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका–६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुलबहादुर विकको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार घरबाट सोही गाउँको फुस्रे भन्ने बस्तीतिर जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
विराटनगरको गणेशचोक–केशलिया सडकले दिएको सास्ती (फोटो फिचर)

विराटनगरको गणेशचोक–केशलिया सडकले दिएको सास्ती (फोटो फिचर)

विराटनगर । घाम लाग्दा धुलाम्मे हुने विराटनगरको गणेशचोकदेखि केशलिया खोलासम्मको सडक अहिले हिलाम्मे छ । करिब तीन किलोमिटर सडकले दशकदेखि पूर्णता नपाउँदा स्थानीय जनजीवन नराम्ररी प्रभावित भएको छ । सडकमा भएका खाल्डामा पानी भरिँदा दिनहुँ दुर्घटना भइरहेका छन् भने आवत–जावत पनि नराम्ररी प्रभावित भएको छ । विराटनगर महानगरपालिका–४ र ५ को सिमानामा रहेको हुलाकी सडकखण्ड निर्माणले गति लिन नसक्दा स्थानीय बासि...
पहिरोले मोरङको मिक्लाजुङका दुई घरमा क्षति, सडक अवरुद्ध

पहिरोले मोरङको मिक्लाजुङका दुई घरमा क्षति, सडक अवरुद्ध

विराटनगर । मोरङको उत्तरी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिका–१ को कोलबोटेमा झरेको पहिरोले स्थानीय दुई घरमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार पहिरोले स्थानीय सन्तोष राई र मणिकुमार राईका घरमा क्षति पुगेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पहिरोका कारण ती दुई घरमा रहेका धनमालमा पनि नोक्सानी पुगेको छ । मानवीय क्षति भने भएको छैन । धनकुटा, इलाम र पाँचथरसँग सीमाना जोडिएको उक्त क्षेत्रमा...
संसद् भवनमा प्रहरीद्वारा आफैंमाथि गोली प्रहार

संसद् भवनमा प्रहरीद्वारा आफैंमाथि गोली प्रहार

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बिहान एक प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । संसद् भवनमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बिहान करिब ८ बजे आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेको संसद् सचिवालयले जनाएको छ । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका गोले प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद् सुरक्षा बेसमा कार्यरत् थिए । आफूले बोकेको इ...
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । लोकमार्गअन्तर्गत खुर्काेट–घुर्मी सडकखण्ड बुधबार बिहानदेखि अवरुद्ध भएको हो । पहिरोले गोलञ्जोर गाउँपालिका–६ अक्करेभीर, गोलञ्जोर–१ कुडुलेका साथै फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । खुर्काेटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेको प्रहरीले जनाएको छ । पहिरोले गोलञ्जोर–१ कु...
विराटनगरमा प्याब्सन कप फुटबलः डीपीएस र ग्यालेक्सी फाइनलमा

विराटनगरमा प्याब्सन कप फुटबलः डीपीएस र ग्यालेक्सी फाइनलमा

विराटनगर । दिल्ली पब्लिक स्कुल (डीपीएस) र ग्यालेक्सी स्कुल तेस्रो संस्करण प्याब्सन विराट कप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएका छन् । यी दुई टिम उपाधि हात पार्ने लक्ष्यसाथ असार ६ गते विराटनगरको सहिद मैदानमा आमनेसामने हुनेछन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा डीपीएसले गोदावरी स्कुललाई ४–० गोलले पराजित गर्यो । जितका लागि डीपीएसका इमान खवास र जेनियूल विष्टले २–२ गोल गरे । खेलको प्लेयर अ...
धनकुटाको रारा क्लब भलुवा गोल्डकपको फाइनलमा

धनकुटाको रारा क्लब भलुवा गोल्डकपको फाइनलमा

विराटनगर । धनकुटाको रारा फुटबल क्लब सुनसरीको भलुवामा जारी १०औँ भलुवा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अन्तिम सेमिफाइनल खेलमा विराटनगर सिटी फुटबल क्लबलाई पराजित गर्दै रारा क्लब फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा ४–३ गोल अन्तरले विजयी हुँदै रारा फुटबल क्लब उपाधिनजिक पुगेको हो । प्रतियोगिताअन्तर...
चट्याङ लागेर मोरङको रतुवामाईमा किशोरीको मृत्यु

चट्याङ लागेर मोरङको रतुवामाईमा किशोरीको मृत्यु

विराटनगर । चट्याङ लागेर मोरङको रतुवामाईमा एकजना किशोरीको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–४ झुर्कियामा चट्याङ लागेर मंगलबार बिहान किशोरीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय १६ वर्षीया विपना महतो छिन् । घरमै बसिरहेका बेला परेको चट्याङले लागेर उनी सिकिस्त घाइते भएकी थिइन् । उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएपछि चिकित्सकले जाँच गरी उनको मृत्यु भइसकेको ज...
किशोरीलाई बलात्कार गरेको आरोपमा धनकुटाको भेडेटारबाट एकजना पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा धनकुटाको भेडेटारबाट एकजना पक्राउ

धनकुटा । १५ वर्षीय एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले विराटनगरका एकजना पुरुषलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ घर भएका ५१ वर्षीय प्रविन अग्रवाललाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । अग्रवालले ती किशोरीलाई ललाईफकाई धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित एक होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । त्यही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भ...
झापामा भएका बेग्लाबेग्लै दुर्घटनामा एकजनाको मृत्यु, २१ घाइते

झापामा भएका बेग्लाबेग्लै दुर्घटनामा एकजनाको मृत्यु, २१ घाइते

झापा । झापाको बिर्तामोडमा पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ । मंगलवार बिहान भएको दुर्घटनामा मोरङको रतुवामाई–८ की ७० वर्षीया टंकमाया सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मे १ च ६६१३ नम्बरको भ्यान र चालक बिर्तामोड–१ का ४५ बिर्खबहादुर थेवेलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, कमल गाउँपालिका चुलाचुलीमोडमा टिप्पर र बस ठोक्किएर भएको दुर्घटनामा २१ जना...
जेठ महिनामा ७२ हजारभन्दा बढी नेपाली रोजगारी खोज्दै विदेशिए

जेठ महिनामा ७२ हजारभन्दा बढी नेपाली रोजगारी खोज्दै विदेशिए

विराटनगर । यो वर्षको जेठ महिनामा ७२ हजारभन्दा बढी नेपाली रोजगारी र अवसरको खोजीमा विदेश गएका छन् । चालु आर्थिक वर्षका अरु महिनामा भन्दा यो संख्या बढी हो । वैदेशिक रोजगार विभागका अनुसार जेठमा ७२ हजार ८ सय ६१ जना वैदेशिक रोजगारीमा गएका हुन् । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार ३ सय ८६ छ । गत साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हज...
भारी वर्षापछि झापाका विभिन्न क्षेत्र डुबान

भारी वर्षापछि झापाका विभिन्न क्षेत्र डुबान

झापा । निरन्तर वर्षाका कारण झापाका विभिन्न क्षेत्रमा डुबान भएको छ । खासगरी दक्षिणी क्षेत्रमा बढी डुबान भएको छ । डुबानका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मनसुन भित्रिएपछि झापामा निरन्तर पानी परिरहेको छ । सोमवार रातिदेखि भने भारी वर्षा भएको हो । मेची, कनकाई, रतुवा, बिरिङ, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया लगायत नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेकोे ...
सोलुखुम्बुको तेन्जिङ-हिलारी विमानस्थलमा उडान ठप्प

सोलुखुम्बुको तेन्जिङ-हिलारी विमानस्थलमा उडान ठप्प

सोलुखुम्बु । मौसम प्रतिकूल भएपछि सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ–हिलारी विमानस्थलमा हवाई उडान ठप्प भएको छ । जेठ २६ गतेदेखि उडान हुन नसक्दा खुम्बु क्षेत्रमा भ्रमणका लागि आएका पर्यटक समस्यामा परेका छन् । उनीहरु फर्कन पाएका छैनन् । बाक्लो हुस्सु लागेर ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाईजहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी ...
धनकुटाको सहिदभूमिमा मंगलबार शोक बिदा

धनकुटाको सहिदभूमिमा मंगलबार शोक बिदा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । सहिदभूमि–७ का वडा सचिव झनकलाल राईको मृत्यु भएपछि गाउँपालिकाले शोक बिदा दिएको हो । सोमबार आकस्मिक बसेको कार्यपालिका बैठकले शोक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले सोमबार सूचना जारी गरेर पालिका अन्तरगतका सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्...
‘अधिवेशनलाई प्रभावित गर्न हामीमाथि कारबाही’

‘अधिवेशनलाई प्रभावित गर्न हामीमाथि कारबाही’

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्षबाट निलम्बनमा परेका सागर थापासहितका नेताले अधिवेशनलाई प्रभाव पार्ने हिसाबले आफूहरूमाथि कारबाही गरेको बताएका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले मोरङ र विराटनगर महानगर कमिटीको अधिवेशन नजिकिएका बेला गलत सन्देश दिन आफूहरूलाई कारबाही गरिएको बताएका हुन् । ‘केही महिनाभित्रै अधिवेशन हुने भएकाले अधिवेशनमा प्रभाव पार्ने र पार्टी नेतृत्...
धनकुटामा बाँदरबाट बाली जोगाउन वनमा फलफूलका बिरूवा रोपियो

धनकुटामा बाँदरबाट बाली जोगाउन वनमा फलफूलका बिरूवा रोपियो

धनकुटा । बाँदरले बाली खाने र नष्ट गर्ने क्रम बढेपछि धनकुटाको महालक्ष्मी–७ जितपुरका किसानहरुको सहभागितामा वनमै बाँदर रोक्ने उद्देश्यले फलफूलजन्य बिरुवा रोपिएको छ । बाँदरले किसानले खेतबारीमा लगाएका खेतीवाली नष्ट गर्न थालेपछि जीतपुरका किसानले शर्मादेवी सामुदायिक वनमा फलफूलजन्य बिरुवा रोपेका हुन् । जंगलमा फलफूलजन्य बोटबिरुवा भए किसानको बारीसम्म बाँदर नआइपुग्ने भएकाले दुई हजार विरुवा रोपिएको सबडिभि...
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

विराटनगर । लामो समयदेखि मस्तिष्कसम्बन्धी समस्याबाट ग्रस्त मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमबार निधन भएको छ । गत माघ १० गते राष्ट्रियसभा निर्वाचनका बेला मतदानमा सहभागी हुन विराटनगर आएका उनी बेहोस भएका थिए । तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । उनलाई ‘ब्रेन ह्यामरेज’ भएर समस्या भएको चिकित्सकले बताएका थिए । त्यसयता थलिएका उनको उपचार भइरहेको थियो । गच्छदारको गत स्थान...
विराटनगरको गुरुकुलमा ‘स्कूल’ र ‘हेत्छाकुप्पा’ मञ्चन

विराटनगरको गुरुकुलमा ‘स्कूल’ र ‘हेत्छाकुप्पा’ मञ्चन

विराटनगर । विराटनगरमा जारी नाटक महोत्सवको तेस्रो दिन सोमबार दुईवटा मञ्चन भएका छन् । हाटखोलास्थित गुरुकुलमा ‘ह्वी क्यान’ ले ‘स्कूल’ मञ्चन गरेको हो भने पिस नेपालले ‘हेत्छाकुप्पा’ मञ्चन गरेको हो । ‘स्कूल’ले कलात्मक रुपमा सकारात्मक व्यंग्यसहित वर्तमान नेपालको शिक्षा प्रणाली देखाएको थियो । नवराज पराजुलीद्वारा लिखित तथा विकास बुढाथोकीद्वारा निर्देशित उक्त नाटकमा स्मृति चाम्लिङ राई, सदिक्षा पोखरेल, ओम...
विराटनगर महानगरमा अपाङ्गता भएकाहरुको संख्या २७२०

विराटनगर महानगरमा अपाङ्गता भएकाहरुको संख्या २७२०

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप भएका छन् । करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर महानगरले अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलनका लागि ‘रिचिङ टु मिसिङ’ अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्तिहरू थप भएका हुन् । यसअघि १ हजार ६ सय १३ जना अपाङ्गता भएका व्यक्तिहरू महानगर क्षेत्रभित्र रहेको तथ्यांकम...
यातना दिएर कुकुर मारेको आरोपमा इलामका तीनजना पक्राउ

यातना दिएर कुकुर मारेको आरोपमा इलामका तीनजना पक्राउ

इलाम । निरन्तर यातना दिइ कुकुरलाई मारेको आरोपमा प्रहरीले तीनजनालार्य पक्राउ गरेको छ । देउमाई नगरपालिकाको जितपुरका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलामको टोलीले पक्राउ गरेको हो । पशु कल्याण संघ काठमाडौंले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको नाम अहिले सार्वजनिक गरिएको छैन । कुकुरको बच्चालाई लाठीले हिर्काएर पटक पटक यातना दिइ मारेको आरोप उनीहरुमाथि ल...
चट्याङ लागेर इलाममा एकजनाको मृत्यु

चट्याङ लागेर इलाममा एकजनाको मृत्यु

इलाम । वर्षासँगै परेको चट्याङले लागेर इलाम नगरपालिका–९ मा सोमबार बिहान एकजनाको मृत्यु भएको छ । चट्याङ लागेर इलाम नगरपालिका–९ भञ्ज्याङका ३६ वर्षीय सुनिल गोलेलेको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको भान्सामा काम गरिरहेका बेला गोलेलाई बिहान करिब ६ बजेतिर चट्याङले लागेको थियो । चट्याङ लागेर बेहोस भएका गोलेलाई उपचारका लागि जिल्ला अस्पताल इलाम ल्याइएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको ज...
मोरङको जहदाकी महिलाको हत्यापछि फरार व्यक्ति पक्राउ

मोरङको जहदाकी महिलाको हत्यापछि फरार व्यक्ति पक्राउ

विराटनगर । महिलाको हत्या गरी फरार रहेका एकजना आरोपीलाई प्रहरीले मोरङको जहदा गाउँपालिका–१ बाट पक्राउ गरेको छ । घटनाको ५ वर्षपछि आरोपी स्थानीय ४५ वर्षीय शम्भु साहलाई आइतबार राति पक्राउ गरिएको हो । जग्गासम्बन्धी सीमा विवादमा जहदा–१ की ६० वर्षीया नानकीदेवी ठाकुरको २०७६ जेठ १० गते दाउराले प्रहार गरी हत्या गरेको आरोप साहमाथि छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनीविरुद...
प्रदेश पुनः नामांकनका लागि फेरि आन्दोलन गर्ने पहिचानवादी संगठनको घोषणा

प्रदेश पुनः नामांकनका लागि फेरि आन्दोलन गर्ने पहिचानवादी संगठनको घोषणा

विराटनगर । ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले आगामी मंसिरदेखि फेरि आन्दोलन गर्ने जनाएको छ । विभिन्न संगठनहरुका प्रतिनिधिको सहभागितामा ताप्लेजुङको फुङलिङमा भएको दुई दिने बैठकले यस्तो निर्णय गरेको हो । उक्त आन्दोलन निर्णायक हुने दाबी समेत ती संगठनले गरेका छन् । किरात याक्थुङ, नेपाल आदिवासी, पहिचान सहितको प्रदेश नम्बर १, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचान पक्षधर राजनीतिक दल...
बगलादेशसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो नेपाल

बगलादेशसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो नेपाल

विराटनगर । टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेश सँग २१ रनले पराजित भएको छ । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा सीमित भयो । टस जितेर पहिले बलिङ गरेको नेपालले बंगलादेशका कुनैपनि ब्याटरलाई खुलेर खेल्न दिएको थिएन । नेपाली बलरसामु कमजोर रहँदै १ सय ६ रनमा सीमित बनेको बंगलादेशले कमजोर स्कोर पनि रक्षा गर्यो । बंगलादेशका लागि सकिब अल हसनले ...
टी–२० मा सय विकेट लिने पहिलो नेपाली खेलाडी बने सन्दीप

टी–२० मा सय विकेट लिने पहिलो नेपाली खेलाडी बने सन्दीप

विराटनगर । नेपाली लेगस्पिनर सन्दीप लामिछाने टी–२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे । नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका...
ताप्लेजुङमा खोलाले गाडी बगायो

ताप्लेजुङमा खोलाले गाडी बगायो

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवास्थित हिरिया खोलाले आइतबार अपराह्न बोलेरो गाडी बगाएको छ । मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको हो । सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको गाडी खोला पार गर्ने क्रममा आएको लेदोसहितको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए । गाडीका चालक राजकुमार पौडेल सकुशल छन् । यसैबीच, सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मो...
ग्यालेक्सी स्कुल प्याब्सन कपको फाइनलमा

ग्यालेक्सी स्कुल प्याब्सन कपको फाइनलमा

विराटनगर । ग्यालेक्सी स्कुलतेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्याब्सन विराटनगरको आयोजनामा आइतबार विराटनगरको सहिद मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा मोडर्न एरा स्कुललाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको हो । जितको लागि ग्यालेक्सीको तर्फबाट सुमित सिंह, इकबल मिरा र एमडी सादिज अफतारले गोल गरे । मोडर्न एराको तर्फबाट अमन माझी र सुमन उराउले...
संघीय सरकारबाट आउने अनुदान घटेपछि बजेटको आकार घट्योः मन्त्री मगर

संघीय सरकारबाट आउने अनुदान घटेपछि बजेटको आकार घट्योः मन्त्री मगर

विराटनगर । संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम घटेपछि कोशी प्रदेशमा बजेटको आकार घटेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री मगरले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट ४ प्रतिशतले कम रहेको बताए । उनले आगामी वर्षको बजेटमा पर्यटन र पूर्वाधारको क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताए । उनले भने, ‘अन्य क्षेत्रला...
फेरि नेता बहिष्कार अभियान सञ्चालन गर्ने जामुनगाछीबासीको चेतावनी

फेरि नेता बहिष्कार अभियान सञ्चालन गर्ने जामुनगाछीबासीको चेतावनी

विराटनगर । विराटनगर–४ र ५ स्थित जामुनगाछीका बासिन्दाले फेरि ‘नेता बहिष्कार अभियान’ सञ्चालन गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि करिब ३ किलोमिटर हुलाकी सडकले पूर्णता नपाउँदा बिगतमा पनि उनीहरूले यस्तो अभियान सञ्चालन गरेका थिए । बारम्बार आश्वासन पाएर पनि सडक र अरु पूर्वाधार निर्माणमा ध्यान नदिइएको उनीहरूको भनाइ छ । अहिले स्थानीयले केही मागसहितको व्यानर सिटी सफारीमा लगाउन थालेका छन् । राजमार्ग प...
विराटनगरमा मनसुनजन्य विपदको क्षति कम गर्न पूर्वतयारी सुरू

विराटनगरमा मनसुनजन्य विपदको क्षति कम गर्न पूर्वतयारी सुरू

विराटनगर । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ । महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवाला सहितको बैठक बसी पूर्वतयारी सुरु गरिएको हो । सम्भावित डुबान हुने क्षेत्रको पहिचान गरी विस्थापित ...
बाढी र पहिरोले ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

बाढी र पहिरोले ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

ताप्लेजुङ । बाढी र पहिरोका कारण ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखेका २२ परिवार विस्थापित भएका छन् । शुक्रबारदेखि निरन्तर परिरहेको पानीका कारण केही स्थानमा खसेको पहिरो र स्थानीय खोलामा आएको बाढीका कारण घर जोखिममा परेपछि उनीहरु विस्थापित भएका हुन् । कतिपयको घरमा पहिरोले पूर्ण रुपमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार उक्त गाउँका २४ वटा घर जोखिममा परेका छन् । जोखिममा परेपछि गाउँले सुरक्षित ...
error: Content is protected !!