संगालोखबर

धनकुटा । १५ वर्षीय एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले विराटनगरका एकजना पुरुषलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ घर भएका ५१ वर्षीय प्रविन अग्रवाललाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

अग्रवालले ती किशोरीलाई ललाईफकाई धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित एक होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । त्यही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सिरहा घर भइ सुनसरीको इटहरी डेरा गरी बस्ने ती किशोरीलाई अनेक प्रलोभन दिइ फकाएर उनले भेडेटार लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी भेडेटारका प्रहरी निरीक्षक जीवन कार्कीका अनुसार पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्कीले संगालोखबरलाई जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!