संगालोखबर

ताप्लेजुङ । बाढी र पहिरोका कारण ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखेका २२ परिवार विस्थापित भएका छन् । शुक्रबारदेखि निरन्तर परिरहेको पानीका कारण केही स्थानमा खसेको पहिरो र स्थानीय खोलामा आएको बाढीका कारण घर जोखिममा परेपछि उनीहरु विस्थापित भएका हुन् । कतिपयको घरमा पहिरोले पूर्ण रुपमा क्षति पुर्याएको छ ।

Advertisement

प्रहरीका अनुसार उक्त गाउँका २४ वटा घर जोखिममा परेका छन् । जोखिममा परेपछि गाउँले सुरक्षित ठाउँतिर शरण लिएर बसिरहेका छन् । पहिरोले पाइप बगाएपछि गाउँमा खानेपानी आपूर्ति पनि बन्द भएको छ ।

सिरिजंगा–६ का वडा सचिव विशालकुमार शाहका अनुसार भीममाया गुरुङ र गौरीमाया लिम्बुको घर पहिरोले पूर्णरुपमा पुरेको छ । उनीहरुसहित हर्कमाया लिम्बु, रनबहादुर लिम्बु, पर्शुराम लिम्बु, गंगाकमारी गौतम, भिमकुमार लिम्बु, शेरबहादुर लिम्बु, मनोज राई र कल्पना लिम्बुको परिवार विस्थापित भएको जनाइएको छ ।

यसैगरी, घर जोखिममा परेपछि मानबहादुर लिम्बु, जगतबहादुर लिम्बु, वीरबहादुर लिम्बु, इन्द्रबहादुर भट्टराई, यामबहादुर लिम्बु, बुद्धिराज लिम्बु, रविबहादुर लिम्बु, रनकुमार लिम्बु मावो, सरस्वता लिम्बु, नारायणप्रसाद भट्टराई, जानुका भट्टराई र पूर्णप्रसाद गौतमको परिवार विस्थापित भएका छन् ।

विस्थापित परिवारलाई विद्यालय भवन र छरछिमेककोमा राखिएको वडाध्यक्ष शुक्रराज लिम्वुले जानकारी दिए । जोखिममा परेका अन्य घरका परिवारलाई पनि सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!