सोलुखुम्बु । मौसम प्रतिकूल भएपछि सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ–हिलारी विमानस्थलमा हवाई उडान ठप्प भएको छ । जेठ २६ गतेदेखि उडान हुन नसक्दा खुम्बु क्षेत्रमा भ्रमणका लागि आएका पर्यटक समस्यामा परेका छन् । उनीहरु फर्कन पाएका छैनन् ।

बाक्लो हुस्सु लागेर ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाईजहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए ।

Advertisement

सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजनमा १० दिनदेखि उडान रद्द हुँदा समस्या भएको उनको भनाइ छ । उक्त विमानस्थलमा हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!