संगालोखबर

विराटनगर । नेपाली लेगस्पिनर सन्दीप लामिछाने टी–२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् ।

Advertisement

१६औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे । नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन् । त्यस्तै, सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!