संगालोखबर

विराटनगर । दिल्ली पब्लिक स्कुल (डीपीएस) र ग्यालेक्सी स्कुल तेस्रो संस्करण प्याब्सन विराट कप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएका छन् । यी दुई टिम उपाधि हात पार्ने लक्ष्यसाथ असार ६ गते विराटनगरको सहिद मैदानमा आमनेसामने हुनेछन् ।

Advertisement

मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा डीपीएसले गोदावरी स्कुललाई ४–० गोलले पराजित गर्यो । जितका लागि डीपीएसका इमान खवास र जेनियूल विष्टले २–२ गोल गरे । खेलको प्लेयर अफ द म्याच विष्ट घोषित भए ।

यसअघि भएको पहिलो सेमिफाइनल खेलमा मोडर्न एरा स्कुललाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको थियो । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् ।

प्रतियोगिताको उपाधि विजेताले नगद २५ हजार र उपविजेताले नगद ११ हजार रुपैयाँ पाउनेछन् । विभिन्न ८ वटा विधामा पुरस्कार वितरण गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ लाग्ने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!