धनकुटा । बाँदरले बाली खाने र नष्ट गर्ने क्रम बढेपछि धनकुटाको महालक्ष्मी–७ जितपुरका किसानहरुको सहभागितामा वनमै बाँदर रोक्ने उद्देश्यले फलफूलजन्य बिरुवा रोपिएको छ ।

बाँदरले किसानले खेतबारीमा लगाएका खेतीवाली नष्ट गर्न थालेपछि जीतपुरका किसानले शर्मादेवी सामुदायिक वनमा फलफूलजन्य बिरुवा रोपेका हुन् ।

Advertisement

जंगलमा फलफूलजन्य बोटबिरुवा भए किसानको बारीसम्म बाँदर नआइपुग्ने भएकाले दुई हजार विरुवा रोपिएको सबडिभिजन वन कार्यालय जीतपुरकी फरेष्टर आयुष्मा गहतराजले बताइन् ।

बाँदरले किसानले लगाएका बालीनाली नष्ट गरी सधैं समस्या पार्ने भएकाले शर्मादेवी सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुको सहभागितामा वनमा अमला, बडहर, जामुन, कास्मिरी जामुन, अम्बक, चिउरी लगायतका बिरुवा रोपिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!