संगालोखबर


धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । सहिदभूमि–७ का वडा सचिव झनकलाल राईको मृत्यु भएपछि गाउँपालिकाले शोक बिदा दिएको हो ।

सोमबार आकस्मिक बसेको कार्यपालिका बैठकले शोक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।

Advertisement

गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले सोमबार सूचना जारी गरेर पालिका अन्तरगतका सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, सेवा केन्द्रहरू, शिक्षण संस्थाहरूमा आकस्मिक बाहेकका सेवाहरू बन्द रहने जानकारी दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!