संगालोखबर


विराटनगर । धनकुटाको रारा फुटबल क्लब सुनसरीको भलुवामा जारी १०औँ भलुवा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अन्तिम सेमिफाइनल खेलमा विराटनगर सिटी फुटबल क्लबलाई पराजित गर्दै रारा क्लब फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा ४–३ गोल अन्तरले विजयी हुँदै रारा फुटबल क्लब उपाधिनजिक पुगेको हो ।

Advertisement

प्रतियोगिताअन्तर्गत बुधवार हुने फाइनल खेलमा राराले सिरहाको सहलेश युवा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलको उत्कृष्ट खेलाडी राराका गोलरक्षक प्रदीप भण्डारी घोषित भए । उनलाई दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतिवडाले नगद ५ हजार तथा ट्रफी प्रदान गरिन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले ४ लाख नगद तथा शिल्ल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख नगद तथा शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!