संगालोखबर

विराटनगर । टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेश सँग २१ रनले पराजित भएको छ । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा सीमित भयो ।

Advertisement

टस जितेर पहिले बलिङ गरेको नेपालले बंगलादेशका कुनैपनि ब्याटरलाई खुलेर खेल्न दिएको थिएन । नेपाली बलरसामु कमजोर रहँदै १ सय ६ रनमा सीमित बनेको बंगलादेशले कमजोर स्कोर पनि रक्षा गर्यो ।

बंगलादेशका लागि सकिब अल हसनले १७ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक महमदुल्लाह र ऋसद होसेइनले समान १३–१३ रन बनाए । थप दोहोरो स्कोरका रुपमा लिटन दासले १० र तस्किन अहमेदको १२ रन रह्यो ।

बंगलादेशलाई सस्तैमा पेभिलियन फर्काउने क्रममा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिएका थिए । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिएसँगै टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गरेका छन् ।

नेपालका लागि कुशल मल्लले २७ र दिपेन्द्र सिंह ऐरीले २५ रन बनाउनु सर्वाधिक रह्यो । यी दुईबाहेक आसिफ शेखले १७ रन बनाए । बंगलादेशका लागि तनजिम हसन सकिबले ४ विकेट लिंदा मुस्ताफिजुर रहमानले ३ विकेट लिए । सकिब अल हसनले २ विकेट लिंदा तस्किन अहमदले १ विकेट लिए ।

दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालका लागि यो खेल एउटा टेस्ट टोलीलाई हराउने मौका भएपनि सदुयोगक हुन सकेन । नेपाललाई हराएको बंगलादेशले सुपर आठमा स्थान बनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!