संगालोखबर

झापा । झापाको बिर्तामोडमा पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ । मंगलवार बिहान भएको दुर्घटनामा मोरङको रतुवामाई–८ की ७० वर्षीया टंकमाया सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

ठक्कर दिने मे १ च ६६१३ नम्बरको भ्यान र चालक बिर्तामोड–१ का ४५ बिर्खबहादुर थेवेलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, कमल गाउँपालिका चुलाचुलीमोडमा टिप्पर र बस ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये कमल–४ का वर्ष ३८ की बिनु लिम्बू र दमक–५ का वर्ष ४२ का कलिन्द्र शेर्माको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

यस्तै, मधुमल्ला–८ की ३६ वर्षीया कल्पना कटवाल, उनका ५ वर्षीय बालक, पथरी शनिश्चरे–१ का ४० वर्षीया पूर्णमाया पोखरेल, दमक–८ का ५१ वर्षीय होमबहादुर भट्टराई, इटहरी–५ की ३८ वर्षीय शारदा खड्का, दमक–५ का ४५ वर्षीय अच्युत निरौला र कमल–५ की ३८ वर्षीया लीला चौहानलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ ।

दमक–१ का ३५ वर्षीय राजु कडरिया, गौरादह–४ का ३० वर्षीय दुर्गाबहादुर श्रेष्ठको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । यस्तै, उर्लाबारी–७ का ५० वर्षीय कृष्णकुमार तामाङ र दमक–८ का ६५ वर्षीय भरत ढकालको दमक रिसर्च सेन्टरमा र दमक–१ की ४६ वर्षीया बबिता राईको दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

झिलझिलेबाट दमक आउँदै गरेको बा ३ ख २१६६ नम्बरको टिप्पर र पूर्वतर्फ जाँदै गरेको को १ ख ५०८७ नम्बरको बस ठोक्किएका थिए । बस चालक उदयपुरको त्रियुगा–३ का ४५ वर्षीय अशोक बोट र टिप्पर चालक धनुषाका ३४ वर्षीय शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको टोलीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!