संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवास्थित हिरिया खोलाले आइतबार अपराह्न बोलेरो गाडी बगाएको छ । मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको हो ।

Advertisement

सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको गाडी खोला पार गर्ने क्रममा आएको लेदोसहितको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए । गाडीका चालक राजकुमार पौडेल सकुशल छन् ।

यसैबीच, सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मोटरबाटोमा खसेको पहिरोले को १ झ २९५८ नम्वरको बोलेरो गाडी पुरिएको छ । गाडीलाई जेसीबीको सहयोगमा निकालिएको प्रहरीले जनाएको छ । उक्त गाडीका चालक कुमार भट्टराई सकुशल छन् । गाडीमा उनीमात्रै थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!