विराटनगर । ग्यालेक्सी स्कुलतेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्याब्सन विराटनगरको आयोजनामा आइतबार विराटनगरको सहिद मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा मोडर्न एरा स्कुललाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको हो ।
जितको लागि ग्यालेक्सीको तर्फबाट सुमित सिंह, इकबल मिरा र एमडी सादिज अफतारले गोल गरे । मोडर्न एराको तर्फबाट अमन माझी र सुमन उराउले मात्र गोल गरे । प्लेर अफ द म्याच ग्यालसक्सी स्कुलका एमडी सादिज अफतार घोषित भए ।
फाइनल यात्राको लागि गोदावरी स्कुल र डिपिएस स्कुलबीच मंगलबार हुनेछ । गोदावरी र डिपिएसबीच हुने बिजेता टिम उपाधिको लागि ग्यालेक्सी स्कुलसँग भिड्नेछ ।
आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा गोदावरी स्कुलले सगरमाथा स्कुललाई टाइब्रेकरमा ८–७ गोलले पराजित गर्यो । डिपिएस स्कुलले सेन्टजोसेफ स्कुललाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।