‘बचतकर्ताको रकम जोखिममा पर्न हुँदैन’
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता रूपेश कोइरालाले सहकारीमा समस्या आउनुको मुख्य कारण सञ्चालकको नियत भएको बताएका छन् । विराटनगर–१७ रानी स्थित गौरव बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले खराब नियत भएका सहकारी सञ्चालकको पहिचान गर्न सकेमा बचतकर्ताको बचत जोखिममा पर्नबाट जोगिने उल्लेख गरे । पछिल्लो समय विभिन्न सहकारीमा देखिएको समस्या कारण ...






























