संगालोखबर

ताप्लेजुङ । जेठ ११ गतेदेखि उडान हुन नसकेको ताप्लेजुङको सुकेटार विमानस्थलमा भोलि बुधबारदेखि उडान सुरु हुने भएको छ । नेपाल वायुसेवा निगमले उडान तालिका राखेर उडान सुरु गर्न लागेको हो ।

Advertisement

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार मौसमले साथ दिए उडान गर्ने निधो भएको छ । निगमले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएको छ । जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसयता उडान गरेको छैन ।

यसअघि सोमबार, बुधबार र शनिबार गरी साताको तीन उडान गरिँदै आएको थियो । मौसममा सुधार आएसँगै उडान गर्न सकिने वातावरण भएपछि तालिका राखिएको निगमको दाबी छ ।

गत वर्ष पनि असारदेखि स्थगित भएको उडान भदौबाट सुरु गरेको थियो । लामो समय उडान नभएकाले काठमाडौंदेखि ताप्लेजुङ आउने र ताप्लेजुङदेखि काठमाडौँ जाने यात्रु नभएको ताप्लेजुङ सदरमुकाम फुङलिङका सोमनाथ अधिकारीले बताए ।

अब मुख्य पर्वहरू नजिकिँदै गरेकाले उडान नियमित सञ्चालन हुँदा यात्रुहरूलाई सहज हुने उनले संगालोखबरसँगको कुराकानीमा बताए । उडान सञ्चालन भएपछि प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम आउने तीर्थयात्रीका लागि पनि सहज हुने अधिकारीको भनाइ छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!