संगालोखबर

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा बाढीले पुल क्षतिग्रस्त बनाएको छ । पर्यटकीय सिजन सुरु हुन लाग्दा झोलुङ्गे पुल भत्किएपछि समस्या भएको छ । स्थानीय बासिन्दालाई पनि आवागमनमा कठिनाइ भएको छ ।

Advertisement

दुई दिनअघि अविरल वर्षापछि आएको बाढीले उक्त पुलमा क्षति पुर्याएको थियो । त्यस क्षेत्रमा पर्ने बाटो र उक्त पुल भएर कञ्चनजङ्घा आधार शिविरतिर आउजाउ हुने गरेको थियो । पुलमा क्षति पुगेपछि अब समस्या हुने भएको स्थानीय बासिन्दाले बताएका छन् ।

पुलबाट आउजाउ गर्न नसक्ने अवस्थामा करिब पाँच घण्टाको घुमाउरो बाटोबाट त्यसतर्फ जानुपर्ने बाध्यता रहेको स्थानीय ग्याबु शेर्पा बताउँछन् । फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले पुल मर्मत गर्ने पहल भइरहेको बताएका छन् ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आसपास क्षेत्रमा भ्रमणका लागि विदेशी पर्यटकहरू आउने बेला भएको छ । यही बेला पुल क्षतिग्रस्त हुँदा कठिनाइ हुने शेर्पाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!