संगालोखबर

सङ्खुवासभा । निरन्तरको वर्षासँगै अरुण नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सतर्कता अपनाउन आग्रह गरेको छ । अरुणको बाढीले मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो आयोजनाको डाइभर्सन टनेलमा ओभरफ्लो भएर पानी बगिरहेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार डाइभर्सन टनेलमा पानी नअटेपछि निर्माण हुँदै गरेको बाँध भरिएर ओभरफ्लो भएको हो । जिल्ला प्रशासन कार्यालयले नदी किनारमा बसोबास गर्ने र ज्याला मजदुरी गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

खोला, नदी बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकैको प्रहरीलाई खबर गर्न कार्यालयले आग्रह गरेको छ । भारी वर्षा भएका कारण खोला नदीमा पानीको बहाव बढिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!