संगालोखबर

काठमाडौँ । मङ्गल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले मूर्त रूप पाएको छ । अनुसन्धानपछि मङ्गल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।

Advertisement

मंगल ग्रहको चट्टानी बाहिरी ‘क्रस्ट’ को गहिराइमा वैज्ञानिकहरूले पानीको भण्डार फेला पारेको जनाएका हुन् । सन् २०१८ मा मंगलग्रहबाट फर्किएको नासाको मार्स इनसाइट ल्याण्डरको डाटाको नयाँ विश्लेषणबाट वैज्ञानिकहरू यो निष्कर्षमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ल्यान्डरले सिस्मोमिटर बोकेको थियो । यसले मङ्गल ग्रहको गहिराइबाट चार वर्षको कम्पन अर्थात् भूकम्पहरू रेकर्ड गरेको थियो । ती भूकम्पहरूको विश्लेषण र ग्रहको गति अनुसन्धानबाट पानीको सङ्केत भेटिएको जनाइएको छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!