संगालोखबर
विराटनगरमा संक्रमण रोकथामका लागि सचेतनामूलक कार्यक्रम गरिँदै ।

विराटनगर । कोशी प्रदेशमा डेङ्गीबाट सङ्क्रमित हुनेको सङ्ख्या ५८२ पुगेको छ । चार महिनाको अवधिमा प्रदेशका विभिन्न जिल्लामा गरी त्यति सङ्ख्यामा सङ्क्रमण बढेको जनाइएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विराटनगरमा आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवाला लगायतको सहभागितामा भएको डेङ्गी नियन्त्रणसम्बन्धी  कार्यक्रममा यो जानकारी दिइएको हो । डेङ्गी लागेर एकजनाको मृत्यु भएको जनाइएको छ ।

Advertisement

साउन १ देखि २९ गते सम्ममा कोशी प्रदेशमा ३३४ जना सङ्क्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा १९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!