संगालोखबर

बारा । माछा र भात खाएका बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी गाउँको एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । स्थानीय नरेश राम चमारका दुईजना छोरी र एक छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

गएराति पाठे माछा र भात खाएलगत्तै उनीहरूलाई पेट दुख्ने समस्या भएको थियो । स्थानीय क्लिनिकमा प्रारम्भिक उपचारपछि उनीहरूलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल नपुग्दै ९ वर्षीया लालिमा रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसपछि ७ वर्षीया अर्की छोरी पुष्पा र ५ वर्षीय छोरालाई वीरगन्जको नेशनल मेडिकलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनीहरूको आज मृत्यु भएको हो । विषाक्त खानाका कारण ‘फुड पोइजन’ भएको अनुमान गरिए पनि मृत्युको यकिन कारण पत्ता लागिसकेको छैन । कलैया अस्पतालमा पोस्टमार्टम गरी उनीहरूको भिसेरा जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन राईले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!