संगालोखबर

सोलुखुम्बु । खुम्बु–पासाङल्हामु गाउँपालिका–५ मा बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न रक्षामन्त्री मानवीर राईको नेतृत्वको टोली आइपुगेको छ । टोलीमा सङ्घीय र प्रदेशसभा सदस्य लगायत छन् ।

Advertisement

थामे खोलामा लेदो सहितको बाढी एक्कासी उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकी गरी २० घरमा क्षति पुगेको छ ।

बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीले प्रभावित बस्तीभन्दा केही तल रहेको पक्की पुलमा क्षति पुर्याएको छ । त्यस क्षेत्रमा चौँरी पालन र होटल व्यवसाय हुँदै आएको छ ।

सोलुखुम्बुको थामे गाउँमा बाढी पस्यो, केही घर बगे

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!