संगालोखबर


काठमाडौँ अफ्रिकाका केही भागहरूमा मंकीपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अत्यधिक सङ्क्रामक रोग मानिने मंकीपक्सले कङ्गोमा कम्तीमा ४५० जनाको मृत्यु भएको छ । यो अब मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको छ ।

वैज्ञानिकहरूले यो रोगको नयाँ भेरियन्ट छिटो फैलिरहेको र उच्च मृत्यु दरका कारण चिन्ता व्यक्त गरेका छन् । डब्यूएचओ महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई धेरै चिन्ताजनक अवस्था भनेका छन् ।

Advertisement

यौन सम्पर्क, छालादेखि छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि यो रोग सर्न सक्ने जनाइएको छ । यसमा फ्लू जस्ता लक्षणहरू देखिन्छन् । छालामा घाउहरू हुन्छन् । यो रोगबाट मृत्युको अनुपात १०० मा चार छ ।

नेपालमा पहिलो पटक २०८० को असारमा एमपक्सको संक्रमण पुष्टि भएको थियो । नेपालमा रहेकी एक विदेशी महिलामा उक्त सङ्क्रमण देखिएको थियो । मंकीपक्स रोग सङ्क्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा–विमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), सङ्क्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्‌यान र लुगाबाट सर्दछ

यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!