संगालोखबर
श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका ५८ वर्षीय लक्ष्मण नेपाल

विराटनगर । मोरङको सुन्दरहरैँचामा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सुन्दरहरैँचा नगरपालिका–१० का ५८ वर्षीय लक्ष्मण नेपालले श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् ।

घरायसी विवादका क्रममा आज बिहान उनले श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । प्रहरीका अनुसार गम्भीर घाइते महिलालाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याइएको थियो । उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको हो ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार खुकुरी प्रहारबाट पवित्राको टाउकोसहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । प्रारम्भिक अनुसन्धानबाट अंशसम्बन्धी विवाद बढ्दै जाँदा पवित्रामाथि खुकुरी प्रहार भएको खुलेको बस्नेतले संगालोखबरलाई जानकारी दिए ।

पत्नीको हत्यामा संलग्न लक्ष्मणलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको छ । उनले हत्यामा प्रयोग गरेको खुकुरी पनि बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!