संगालोखबर
कोशी प्रदेश प्रहरी कार्यालय

विराटनगर । धनकुटा, मोरङ र झापाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट विभिन्न नामका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–३ बाट २४ वर्षीय मिथलेस कुमार मण्डल, २६ वर्षीय भास्करकुमार शर्मा र २५ वर्षीय सौरभकुमार पासवानलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १० ग्राम ७०० मिलीग्राम हिरोइन बरामद गरिएको छ ।

Advertisement

यस्तै, झापाको कमल गाउँपालिका–२ का ३८ वर्षीय जगत धिमाल र ३५ वर्षीय कमल गुरुङलाई १ ग्राम ५०० मिलिग्राम खैरो हिरोइन र केही परिमाण गाँजासहित पक्राउ गरिएको हो ।

यसैगरी, धनकुटाको लेगुवामा भोजपुर नगरपालिका–२ का ३० वर्षीय संगम राईलाई ४६० ग्राम गाँजा र केही प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!