संगालोखबर

सप्तरी । पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ का ४१ वर्षीय महेशकुमार मेहता र पछाडि बसेका ४२ वर्षीय जयप्रकाश मेहता छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज दिउँसो कञ्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल बोकेको को १ ख ७४१४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याङ्कर चालक सिरहाको कर्जनाका ३२ वर्षीय मिथलेश यादव घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!