रात्रिकालीन व्यवसाय व्यवस्थित नबनाए अर्को निर्णय हुनसक्छ : मेयर कोइराला
विराटनगर । विराटनगर महानगरपालिकाले रात्रिकालीन व्यवसाय व्यवस्थित बनाउने विषयमा सम्बन्धित व्यवसायीहरूसँग छलफल गरेको छ । दोहोरी साँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषणसँगै हो-हल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर छलफल गरेको हो ।
छलफलका क्रममा मेयर नागेश कोइरालाले तीन दिनभित्र ध्वनि प्रदुषण कम गर्न व्यवसायीहरूलाई निर्देशन दिएका छन् । कोइरालाले ध्वनि प्रदूषण र हो-हल्लाले र...































