संगालोखबर

विराटनगर । विराटनगरमा निकालिने राधाकृष्णको रथयात्राका क्रममा हुने फोहोर व्यवस्थापनमा विराटनगर महानगरपालिकाले तयारी थालेको छ । जथाभावी फोहोर हुन नदिनका लागि महानगरले सम्बन्धित संघ संस्था र व्यक्तिलाई स्वीकृति लिएर मात्रै पानी, सर्बत, प्रसाद लगायतका सामग्री वितरण गर्न आग्रह गरेको छ ।

Advertisement

रथयात्राका क्रममा सर्बत, पानी, प्रसाद लगायतको खोल, बोतल र प्लास्टिक सडकमा फ्याल्दा बजार फोहोर देखिने गरेको छ । गत वर्षदेखि महानगरले रथयात्राका क्रममा निस्कने फोहोर व्यवस्थापन योजनाबद्ध रुपमा गर्न सुरु गरेको छ ।

यस वर्ष आगामी भदौ ११ गते राधाकृष्ण रथयात्रा निकालिँदैछ । महानगरले सार्वजनिक सूचना जारी गरेर जथाभावी फोहोर नगर्न अपिलसमेत गरेको छ । सरोकारवालाहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालको आग्रह छ ।

रथयात्राको क्रममा पानी, सर्बत तथा प्रसाद वितरण गर्न चाहने व्यक्ति तथा सङ्घ संस्थाहरूले अनिवार्य रूपमा महानगरबाट पूर्वस्वीकृति लिनुपर्नेछ । महानगरपालिकाले सेवा प्रदायकहरूलाई फोहोरलाई डस्टबिन वा बोरामा सङ्कलन गरी सडक सरसफाइको साधनमा राख्न निर्देशन दिएको दाहालको भनाइ छ ।

महानगरपालिकाले स्वीकृति नलिई फोहोर उत्पादन गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ । पछिल्लो वर्ष सेवा प्रदायकहरूले फोहोर नउठाउँदा महानगरको टोलीले सरसफाइ गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!