संगालोखबर

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र रोट्राक्ट क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा ट्राफिक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

विराटनगरको कोबास कलेजमा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुन्दर श्याम पोखरेलको टोलीले विद्यार्थीहरूलाई ट्राफिक नियम, अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिएका थिए ।

ट्राफिक सुरक्षाबारे विद्यार्थीलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको रोट्राक्ट क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष कुशल साहले बताए । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी सदीक्षा कार्कीले ट्राफिक प्रहरीसँग सहकार्यमा यस किसिमका कार्यक्रम आगामी दिनमा पनि गर्ने बताइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!