संगालोखबर

विराटनगर । विराटनगर–११, जनपथ टोलमा निर्मित गोल्डेन अस्पतालको नयाँ भवन उद्‌घाटन भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भवनको उद्‌घाटन गरिएको हो । विराटनगरको हस्पिटल चोकबाट सञ्चालन हुँदै आएको गोल्डेनले अब भने आफ्नै भवनबाट सेवा दिने भएको हो । करिब ४८ करोड लागतमा सुविधासम्पन्न भवन निर्माण गरेको हो । केही समय पुरानो ठाउँबाट पनि सेवा सञ्चालन गरिने अस्पतालका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारले जानकारी दिए ।

Advertisement

१५ शय्याबाट सेवा सुरु गरेको गोल्डेनले नयाँ भवनबाट भने सय शय्याको सेवा प्रदान गर्ने छ । उद्‌घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले विराटनगर नेपालको स्वास्थ्य क्षेत्रमा अग्र स्थानमा रहेको बताए । उनले भने, ‘मुलुकको स्वास्थ्य सेवा महंगो बन्दै गइरहेको छ । यसको मार विपन्न वर्गलाई परिरहेको छ । विपन्नले स्वास्थ्य सेवा पाउन पनि मुस्किल भइरहेको छ । यसको अन्त्य हुन आवश्यक छ ।’ उनले सबै जनताले सरल र सहज हिसाबले स्वास्थ्य सेवा पाउन आवश्यक रहेको उल्लेख गरे ।

पूर्वमन्त्री शिवकुमार मण्डलले स्वास्थ्य र शैक्षिक क्षेत्रले विराटनगरको अर्थ व्यवस्था चलायमान भएको उल्लेख गरे । स्वास्थ्य उपचारका नाममा नेपाली पैसा भारतमा गइरहेको अवस्थामा यहीँ सुविधासम्पन्न अस्पताल भएको खण्डमा नेपाली पैसा नबाहिरिने बताए । उनले आर्थिक अवस्थालाई बुझेर सबैले सहज र सरल स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाउन आवश्यक रहेको उल्लेख गरे ।

कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर शिक्षा र स्वास्थ्य क्षेत्रको हब बन्दै गएको बताए । उनले सबै किसिमका स्वास्थ्य सेवामा नेपालका डाक्टर र हस्पिटल अब्बल छन् भन्ने दृष्टान्त दिनेगरी गोल्डेनले काम गर्नुपर्नेमा जोड दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!